दार्चुलामा भारतबाट नेपाल भित्रिदै गरेका अवैध पटाका प्रहरीद्धारा बरामद

प्रकाशचन्द्र भट्ट    

दार्चुलामा भारतबाट नेपाल भित्रिदै गरेका अवैध पटाका प्रहरीद्धारा बरामद

दार्चुला । तिहारको समयमा भारतबाट नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहतका युनिटहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र स्थानहरुबाट पटाका बरामद गरेका हुन् ।

भारतबाट लुकाइ छिपाइ नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरि शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार टर्की पटाका ३५१ प्याकेट, पप बम पटाका ७३ बण्डल, हाईड्रो बम पटाका ५३ थान, सुतली बम पटाका ४३ थान, लिडर क्रेकर बम पटाका ५१ थान, साउण्ड बम पटाका २४ थान, कर्कोडायल पटाका २३ थान र र्‍याम्बो बम पटाका २८ थान बरामद गरि नष्ट गरिएको छ । 

नेपाल प्रहरीले तिहारमा पटाका बिक्रीवितरण तथा ओसारपसारमा कडाइ गरेको छ। सरकारले पटकाजन्य सामग्रीहरु आयातमा प्रतिबन्ध लगाएको छ ।



शनिबार २०, कार्तिक २०७८ ०९:५३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस