टि-२० विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई जरिबाना

टि-२० विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई जरिबाना

आईसीसी ट्वान्टी–२० विश्वकपमा श्रीलंकासँग २० रनले पराजित भएको खेलमा ‘स्लो ओभर रेट’का कारण वेष्ट इन्डिजलाई ‘म्याच फी’ को २० प्रतिशत रकम जरिबाना गरिएको छ । 

साकिव विजेता वेष्ट इन्डिज बिहीबार श्रीलंकासँग पराजित भएपछि विश्वकपमा समूह चरणबाटै बाहिरिएको हो । समूह ‘एक’ मा रहेको वेष्ट इन्डिजले खेलेका चारमध्ये एक खेलमा मात्र जित निकाल्न सफल भएको थियो । वेष्ट इन्डिजले अब लिग चरणको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । लिग चरणका पाँचमध्ये दुई खेल जितेको श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘निर्धारित समयभन्दा एक ओभरको समय ढिला गरेका कारण रेफ्री डेबिड बुनले वेष्ट इन्डिजलाई म्याच फीको २० प्रतिशत रकम जरिबाना गरिएको छ ।’’

कप्तान किरण पोलार्डले आफ्नो गल्ति स्विकार गरेको आईसीसीले जनाएको छ ।