केही ठाउँमा मौसम बदली, पानी पर्ने सम्भावना कम

केही ठाउँमा मौसम बदली, पानी पर्ने सम्भावना कम

अहिले देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जलतथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको मंगलबा बिहानको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर पर्ने छैन।