छठ पर्वका लागी यसरी सजिँदै छ धनगढीको मोहना क्षेत्र (फोटो फिचर)

छठ पर्वका लागी यसरी सजिँदै छ धनगढीको मोहना क्षेत्र (फोटो फिचर)

धनगढी । चार दिन व्रतालुले सात्त्विक भोजन मात्र गरी मनाइने पर्व छठ धनगढीमा पनि मनाइँदै छ । धनगढीको त्रिनगर भन्सार नजिक रहेको मोहना नदी छेउमा विभिन्न भगवनका मूर्ति बनाउने, मोहना परिसर सिँगार पटार गर्ने लगायतका कार्यहरू गरी छठको मुख्य दिन बुधवारका लागी तयारी तीव्र पारिएको छठ पूजा सेवा समिति धनगढीका सचिव सरोज कुमार यादवले बताए । 

उनले कोरोना कहरले दुई वर्ष रोकिएको तराई बासीले चार दिन मनाउने यो पर्वको लागी छठ पूजा सेवा समितिले स्थिानिय बासीको सहयोगमा मोहना घाटमा छठ पर्व प्रति आस्थावान् भक्तजनहरूको स्वागत र सेवा सुविधाको लागी टेन्ट, राति भजन र बस्ने व्यवस्था समेत गरेको बताए । 

त्यस्तै, मोहना घाटमा छठ पर्वको तयारी गर्नमा सरिक धनगढी १ का स्थिानिय मनोज झाले सरकार पक्षबाट आफ्नो समुदायको कला र संस्कृतिको जगेर्ना गर्नको लागी सरकार पक्षबाट नतिजामूलक सहयोग नभएको गुनासो गरेका छन् । झा ले ३५-४० वर्ष देखी यही हालमा आफूहरूले छठ पर्व मनाउँदै आइरहेको बताउँदै ३६ घण्टा सम्म व्रत बसेर शुद्धता नभएको फोहोर पानीमा नुहाउन बाध्य भएकोले सरकार पक्षलाई छठ पर्व मनाउने स्थान तोकी सुद्ध पानीको व्यवस्था गरिदिन आग्रह गरे ।