तरकारीको उचित मूल्य नपाउँदा किसान मारमा

तरकारीको उचित मूल्य नपाउँदा किसान मारमा

धनगढीः बर्षातको समयमा समेत तरकारीको मूल्य नबढ्दा किसान मारमा परेका छन्। गत वर्ष झैँ यस वर्ष पनि बर्षातमा तरकारीको मूल्य बढ्ने आशामा बसेका किसानहरूले सोचे अनुरूप तरकारीको मूल्य नपाएपछि निराश बनेका हुन।

गत वर्ष साउन महिनामा तरकारीको मूल्य बढ्दा फाइदा भएका किसानहरू यस वर्ष अहिले सम्म मूल्य नबढेपछि निराश भएका छन्। गत वर्ष साउन पहिलो हप्ता एक सय रुपैयाँ प्रतिकिलो टमाटर बेचेका किसानहरू यस वर्ष ४० रुपैयाँ प्रति किलो टमाचर बेच्दै आएका छन्। 

त्यस्तै गत वर्ष ४० रुपैयाँ किलो लौका बेचेका किसानले यस बष १० रुपैयमा लौका बेच्नु परेको गुनासो गरेका गरेका छन्। गत वर्ष भन्दा यस वर्ष गोभी, भिन्डी, करेला, कांकरा लगायतका तरकारीको भाउ बढ्न सकेको छैन। 

लगानी भन्दा पनि कम मूल्यमा घाटा खाएर तरकारी बेच्नुपरेको धनगढीको मिलनचौकमा लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका ईस्तिकार खान र रिसाद खानले बताए। 

धनगढीको त्रिनगर उपज हाटबजार स्थलमा तरकारी किन आएका उपभोक्ताहरूले समेत गत वर्षको भन्दा यस वर्ष तरकारीको रेट खासै नबढेको धनगढी उपमहानगरपालिका ११ काशी ओझा बताए। 

यस वर्ष जिल्लामा नै तरकारी बढी उत्पादन भएका कारण रेट नबढेको त्रिनगर उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानी सिंह चैसिरले बताए। उनले गत वर्ष नेपालमा बढी वर्षा भएका कारण सबै तरकारी पानीले सखाप भएका कारण भारतबाट तरकारी ल्याउनु पर्दा रेट बढी भएको बताए।

यस वर्ष अहिले प्रदेश ७ का पहाडी जिल्ला र कैलालीमा नै तरकारी बढी उत्पादन भएका कारण रेट नबढेको उनको भनाई छ। तरकारीको रेट नबढदाँ किसानहरू मारमा परेका छन्।