टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

आईसीसी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल आज (बिहीबार) हुँदै छ। युएईको अबुधाबीमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन्।

बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपको एक मात्र अपराजित टिम हो। सुपर १२ मा उत्कृष्ट प्रदर्शन गरेको आरोन फिन्च नेतृत्वको अष्ट्रेलिया टिमसमेत पछिल्लो समय लयमा देखिएको छ। पछिल्लो विश्वकपमा यी दिुई टिमबीच भएको खेल अष्ट्रेलियाले जितेको थियो।

पाकिस्तानको शीर्ष क्रमको ब्याटिङ लाइनअप निकै मजबुत देखिएको छ। पाकिस्तानको मिडिल अर्डर पनि विश्वकपमा  राम्रो देखिएको खेलाडी छन्।

अष्ट्रेलियाले भने समूह चरणमा इंग्ल्याण्डसँग ८ विकेटको पराजित भएको थियो। विजेता टिमले उपाधिका लागि आगामी आइतबार न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। गए राति इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा पुगिसकेको छ।