चिसो बढेसँगै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

चिसो बढेसँगै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

देशभर चिसो बढ्ने क्रम बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो ।

विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ ।