धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगो लाग्यो

धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगो लाग्यो

धनगढी । कैलालीको धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सु.प.प्र.०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगो लागेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको मोटरसाइकलमा आगलागी भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको हो ।

पेट्रोल पम्पबाट इन्धन भरेर राजघाटस्थित घर फर्किने क्रमममा मोटरसाइकलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।