सुदूरपश्चिमका दिनेश ठकुल्लाले जिते सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड

सुदूरपश्चिमका दिनेश ठकुल्लाले जिते सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड

निर्देशक दिनेश ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका छन् । सगरमाथा म्युजिक अवार्ड–२०७८ मा निर्देशक ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका हुन् ।

सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका ठकुल्लालाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान तथा अवार्ड प्रदान गरिएको छ । सर्वोत्कृष्ट नव निर्देशक अवार्डका लागि ५ निर्देशक मनोनयन भएका थिए । अन्य ४ निर्देशकलाई पछि पार्दै ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हात पार्न सफल भएका हुन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–०३ बेल्पाटाका ठकुल्ला विगत ४ वर्षदेखि गीतसंगीत क्षेत्रमा सक्रिय छन् । हालसम्म उनले डेढ सयभन्दा बढी म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् । साथै उनले केही म्युजिक भिडियोमा आफैं मोडलिङ समेत गरेका छन् ।