एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड

एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड

धनगढी । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ । 

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको इन्स्योरेन्स पार्टनरको रुपमा सुनधारा काठमाडौमा प्रधान कार्यालय रहेको अजोड इन्स्योरेन्स रहने भएको हो।

प्रतियोगितामा इन्स्योरेन्स  पार्टनरका रूपमा रहने गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही बिच  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय स्तरीय उमेर समुहको क्रीकेट खेललाई प्रबर्द्धन गर्ने र देशब्यापि बनाउने अभियानमा सहकार्य गरेकोमा लिटल फ्लावर प्रीमियर लिग परिवारले अजोड इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेको छ ।