गायिका कृष्णाले मना‍इन् मानवसेवा आश्रममा जन्मदिन

गायिका कृष्णाले मना‍इन् मानवसेवा आश्रममा जन्मदिन

धनगढी । कुशल छायाकंनकार तथा गायीका कृष्णा सिराडीले धनगढी स्थित बेसाहाराहरुलाई साहारा दिइरहेको मानवसेवा आश्रममा आफ्नो जन्मदिन मनाएकी छिन् । आश्रामा रहेका साहारा बिहिनहरुका लागी खाद्यान्न, फलफुल लगायत सामग्री उपलब्ध गराउँदै कृष्णाले जन्मदिन मनाएकी हुन् ।

सुदूरपश्चिममा बिगत बषौँदेखी गायन तथा छायाकंन क्षेत्रमा सक्रिय कृष्णाले बिगतदेखीनै जन्मदिनको अवशरमा पुण्य कार्य स्वरुप असहाय, बेसाहारा लगायतलाई साहारा दिइरहेका संस्थाहरुलाई सहयोग गर्दै आइरहेकी छिन् ।

आश्रमका सञ्चालक सदस्य आदर्श ढकाललाई सो सामग्री हस्तान्तरण गर्दै उनले सबैलाई सहयोगका लागी अपिल गरेकी छिन् ।