ओली सरकारले किन्न अर्डर गर्यो यस्तो ५ सय सिटे रेल, यो मितिमा उद्घाटन तय

ओली सरकारले किन्न अर्डर गर्यो यस्तो ५ सय सिटे रेल, यो मितिमा उद्घाटन तय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल—भारत रेलमार्गमा रेल चलाउनका लागि अहिलेलाई दुईवटा रेल भारतीय कम्पनीलाई अर्डर गरेको छ ।

अर्डर गरिएका रेल यही वैशाख महिनासम्ममा नै नेपाल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । धेरैलाई पत्यार लागेको थिएन ।

प्रधानमन्त्री ओलीले अब आफ्नै रेल गुड्नेछ भनेर भाषण गर्दा धेरैले गिल्ला खिसि गरियो । तर अब बैशाखमा आफ्नै देशको झण्डा हालेर रेल गुड्ने भएको छ ।

‘‘हामीले सरकारी तहबाट नै कुरा गरेका छौं । भारतीय दूतावासबाट यसका लागि पहल भइरहेको छ,’’ विभागका महानिर्देशक मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार सो रेलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

भारतीय पक्षबाट पनि भारतका प्रधानमनत्री नरेन्द्र मोदीलाई नै उद्घाटनमा आउन आग्रह गर्ने सोच बनाइए पनि भारतमा लोकसभाको चुनाव हुन लागेकोले आउने–नआउने निश्चित भएको छैन । उहाँका अनुसार दुई वटा रेलको मूल्य करिब १ अर्ब रुपैयाँ पर्नेछ ।

उहाँले भन्नुभयो, ‘‘१ अर्ब भन्दा केही कम मूल्य पर्छ । पहिला एउटाको डेढ अर्ब जति पर्छ भन्ने कुरा भएको थियो तर त्यति नपर्ने भयो । अलि कम हुन्छ ।

’’ रेल नयाँ हुने, सिट संख्या करिब ५०० जति हुने तथा उभिएर १३०० जनासम्म अट्न सक्ने महानिर्देशक मिश्रले जानकारी दिनुभयो । अर्डर गरिएको रेलमा डबल इन्जिन हुने भएकाले घुमिरहनु नपर्ने महानिर्देशक मिश्रको भनाई छ ।
यसअघि रेल भाडामा लिने कि किनेर चलाउने भन्ने सम्बन्धमा छलफल भएकोमा भाडामा लिने भन्दा किनेरै चलाउने निष्कर्षमा सरकार पुगेर प्रक्रिया अघि बढेको हो ।

रेलको उद्घाटन यसअघि रामजानकी विवाहमहोत्सवकै समयमा हुने भनिए पनि त्यो निकै पर धकेलिएको जनाइएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्गमा ब्रोडगेज रेल चलाउन लागिएको हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ ।
पछि त्यसलाई विस्तार गरेर ५२ किमी बनाइने कार्यक्रम रहेको छ । राणा शासन कालमा न्यारो गज रेलवे ब्रिटिश सरकारले सन् १९७२ मा बनाइदिएको हो ।

३९ किमी लामो सो रेलले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो । त्यहाँबाट भीमफेदीसम्म हेभी इक्वीपमेन्ट लग्न सजिलो पारिएको थियो । भीमफेदीबाट काठमाडौं पैदल आउने गरिन्थ्यो ।

दोस्रो, बेलायतले नै सन् १९३७ मा बनाइदिएको ४५ किमी लामो रेलमार्ग जयनगरबाट जनकपुरसम्म नेपालको काठ भारत लग्नको लागि बनाइएको थियो ।

पछि त्यसलाई बिजलपुरासम्म विस्तार गरिएको हो । रक्सौल–अमलेखगञ्ज रेलवे ट्रयाक सन् १९६५ सम्म अपरेसनमा रहेकोमा जनकपुर र बिजुलपुराबीचको रेलवे लाइन सन् २००१ मा बन्द भएको थियो । अब बनेको रेल भने नेपाल–भारत, नेपालको पूर्व पश्चिम रेलको रुपमा विस्तार हुने बताइएको छ ।