धनगढीले जित्यो उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको उपाधि

धनगढीले जित्यो उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको उपाधि

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा धनगढी सफल भयो ।सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुरले पराजय बेहोर्‍यो । खेलको १२ औँ मिनेटमा मनिषा शेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।

१६ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । २४ औँ मिनेटमा धनगढीकी सीमा रावलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो । ४९ औँ र ६४ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–३ बराबरीमा ल्याइन् । 

उपाधिसँगै धनगढीले ५ लाख तथा उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेका छन् । छनोटमा सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए ।