सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट : दोस्रो खेलमा कैलाली १० विकेटले विजयी

सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट : दोस्रो खेलमा कैलाली १० विकेटले विजयी

धनगढी । वाईवाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ। दार्चुलाले  टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो । निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको थियो।

बलिङतर्फ कैलालीका लागि आजका प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र बसन्त कार्कीले समान २-२ विकेट लिएका छन् । ४४ रनको झिनो लक्ष्यलाई कैलालीको पहिलो जोडीले ५ ओभरमा नै जित निकाल्न सफल भएका छन् ।

कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरेका थिए । भोलि कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सँग खेल्नेछ।