राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी र संयोजकमा चन्द निर्विरोध चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी र संयोजकमा  चन्द निर्विरोध चयन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा धर्मराज जोशी  निर्विरोध चयन भएका छन् । 

आइतबार धनगढीमा सम्पन्न एकता अधिवेशनबाट जोशीको नेतृत्वमा २५ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन भएको राप्रपाले जनाएको छ।

कञ्चनपुरका जोशी अध्यक्षमा चयन भएसँगै बैतडीका गणेश चन्द प्रदेश निर्देशन समितिको संयोजकमा सर्वसम्मत चयन भएका छन् । 

प्रदेश निर्देशन समिति ७ सदस्यीय चयन गरिएको छ । यस्तै प्रमुख सल्लाहकारमा हिक्मत भण्डारी चयन भएका छन्। 

प्रदेश सदस्यमा अशोक मल्ल, केशव राज भट्ट र टेक राज पनेरू लगायतको २५ जनाको कार्यसमिति पनि सहमतिको आधारमा निर्विरोध चयन गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा पार्टीको आफ्नै भवन सहितको कार्यालय खोल्ने निर्णय समेत गरेको छ।