सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट : कैलाली विजेता हुदै सेमिफाइनलमा, बैतडी १८० रनले पराजित

सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट : कैलाली विजेता हुदै सेमिफाइनलमा, बैतडी १८० रनले पराजित

धनगढी । वाई वाई यु-१९ अन्तर्गतको सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा आजको खेलमा कैलालीले तेस्रो जित निकालेको छ।

बैतडी  विरुद्ध टस जित्दै ब्याटिङ रोजेको कैलालीले निर्धारित  ४० ओभरमा  ब्याटिङ गर्दै ९ विकेट गुमाएर २४३ रन जोड्न सफल भएको थियो।

कैलालीका लागी बसन्त सि कार्कीले ६२ रन बनाए भने अर्जुन साउदले ३८ रन , सङीत बुढाथोकीले २८ रन र कप्तान नारायण जोशीले २३ रनको योगदान दिएका थिए।

जवाफी ब्याटिङ गर्दै बैतडीले २७.१ओभरमा सबै विकेट गुमाउदै ६३ रनमा समेटियो । बलिङ तर्फ कैलालीका शेर मल्ल र नरेन साउदले ३/३ विकेट लिए भने नागराज सिंहले २ विकेट लिए । 

आजको खेलको प्लेयर अफ दि म्याच कैलालीका बसन्त सि कार्की भए ।