फेसबुक खोल्ने बित्तिकै थप्पड हान्न महिला कर्मचारी नियुक्त

फेसबुक खोल्ने बित्तिकै थप्पड हान्न महिला कर्मचारी नियुक्त

फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबारे जो पनि जानकार छन् तर एक व्यक्तिले यो लतबाट छुटकारा पाउनका लागि सन् २०१२ देखि नै एक महिलालाई जागिरमा राखेका छन् । यी व्यक्तिले फेसबुक खोल्ने बित्तिकै उनलाई ती महिलाले थप्पड हान्छिन् । महिलाको यो अचम्मको जागिरमा संसारका सबैभन्दा धनी एलन मस्कले आफ्नो प्रतिक्रिया दिएका छन् ।

वास्तवमा, भारतीय–अमेरिकी उद्यमी मनिष सेठीले फेसबुक खोल्दा हरेक पटक उनलाई थप्पड हान्नका लागि एक महिलालाई जागिरमा राखेका हुन् । लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा उनलाई थप्पड हान्नका लागि ८ डलर प्रति घण्टाका लागि काममा राखे ।

मनिष सेठीले सन् २०१२ देखि नै महिलालाई जागिरमा राखेका हुन् तर यसको चर्चा आज यसकारण भइरहेको छ किनभने ९ वर्षपछि टेस्लाका सीइओ एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन् । सेठीले सन् २०१२ को विज्ञापनमा लेखेका थिए, ‘जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्नुपर्नेछ ।’

मनिष सेठीले शंका व्यक्त गर्दै मस्कको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गरे । सेठीले कारालाई थप्पड हानेर उनको काम गर्ने क्षमता बढाउन मद्दत गरेको श्रेय दिएका थिए । उनले भनेका थिए, ‘धेरैजसो समयमा मेरो औसत काम गर्ने क्षमता लगभग ३५–४० प्रतिशत थियो । जबदेखि कारा मेरो नजिक बसेकी छिन् मेरो क्षमता बढेर ९८ प्रतिशत भयो ।’