डिलाशैनी गाउँपालिका-६ मा माओवादी केन्द्रको वडा कमिटी गठन

डिलाशैनी गाउँपालिका-६ मा माओवादी केन्द्रको वडा कमिटी गठन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र को वडा कमिटी गठन गरिएको छ । मंगलबार नेकपा माओवादी केन्द्र बैतडी जिल्ला सचिवालय सदस्य दुर्गा नाथ (सद्दाम) को प्रमुख आतिथ्यतामा पुष्कर नाथको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो । 

यस्तै कमिटीको उपाध्यक्षमा धनराम लुहार र संगिता माल, सचिव प्रकाश बोहरा, सह सचिव राजेन्द्र नाथ र कमला कठायतलाई चयन गरिएको अखिल क्रान्तिकारी बैतडीका अध्यक्ष गोविन्द सिंह मालले जानकारी दिए । यस अघि डिलाशैनी गाउँपालिकाको वडा नम्बर १ मा पनि नेकपा माओवादी केन्द्र को वडा अधिवेशन गरिएको थियो ।

नेकपा माओवादी केन्द्रले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको अखिल क्रान्तिकारी बैतडीका अध्यक्ष मालले बताए । उनका अनुसार वडा अधिवेशन बाजागाजा नृत्य का साथ वडा अधिवेशन सम्पन्न गरिएको छ । यस्तै विभिन्न पाटी परित्याग गरी १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

सो कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य पार्वती नेगी, डिलाशैनी गाउँपालिका सचिव तिलक माल, नेता राम नाथ (तुफान), डिलाशैनी गाउँपालिका अध्यक्ष सूर्य नाथको उपस्थिती रहेको थियो ।