पुर्चौडी नगरपालिका-१ मा नेकपा (एस) को कमिटी गठन, अध्यक्षमा भण्डारी

पुर्चौडी नगरपालिका-१ मा नेकपा (एस) को कमिटी गठन, अध्यक्षमा भण्डारी

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी) का बैतडी जिल्ला सचिव हर्क बहादुर धानुक को प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले नरेन्द्र बहादुर भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा धन बहादुर जागरी, चयन भएका छन् । यस्तै सचिवमा मिना साउद तथा सह सचिवमा जगन्नाथ बहादुर भण्डारी, गगन भण्डारी ,दीपक लुहार, सुरेन्द्र बहादुर धामी चयन भएका छन् ।

नेकपा (एस)ले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको र कार्यक्रम बाजागाजा छलिया नाच का साथै सयौँ कार्यकर्ता का साथ कार्यक्रम सु सम्पन्न भएको जिल्ला कमिटी सचिव तथा कार्यक्रम का प्रमुख अतिथि हर्क बहादुर धानुक ले जानकारी दिनु भएको छ ।

कार्यक्रममा विभिन्न पाटी परित्याग गरी १५ जना भन्दा बढी ले नेकपा समाजबादीमा प्रवेश गरेको धानुकले जानकारी दिएका छन् ।