धनगढी-३ स्थित बिएमबी सप्लायर्स र भागेश्वर भण्डारमा आगलागी, ६ करोड बराबरको क्षति

धनगढी-३ स्थित बिएमबी सप्लायर्स र भागेश्वर भण्डारमा आगलागी, ६ करोड बराबरको क्षति

धनगढी : धनगढीमा आगलागी भएको छ । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ३ विशाल नगरमा रहेको बि एम बी सप्लार्यसको बिक्री कक्ष र भागेश्वर भण्डारको गोदाममा आगलागी भएको हो । 

आगलागीमा परि बिक्री कक्ष र गोदाममा  रहेका विभिन्न कम्पनीका कापी, चिया पत्ति, टफी लगायतका अन्य विभिन्न मौज्दात ६ करोड मूल्य बराबरको सरसामान जलेर नष्ट भएको भागेश्वर भण्डारका सञ्चालक वासुदेव चटौतले बताए । 

आगलागीबाट भएको क्षति बारे जानकारी गराउँदै चटौतले भने , ''मेरो भागेश्वर भण्डार भ्याटमा छ । यहाँ डिलर सीपको समान रहेको छ । छोराको नाममा रहेको बि एम बी सप्लार्यस पानमा दर्ता रहेको छ । भागेश्वर भण्डारको गोदाममा बाट सुरु भएको आगलागीले बि एम बी सप्लार्यसमा पनि क्षति पुर्‍याएको  छ । सो आगलागीबाट भागेश्वर भण्डारको साढे ४ करोडको क्षति भएको छ । र बि एम बी सप्लार्यसमा डेढ करोडको क्षति भएको छ । यो आगो बत्ती सर्ट भएको हुनुपर्छ । अन्य त यहाँ त्यस्तो केही छैन ।'' 

यस्तै, विगत ३ वर्ष देखी सो व्यवसाय सञ्चालन गर्दै आई राखेको बताउँदै चटौतले बिमा भने नगरेको बताए । उनले, वीरगन्ज, भैरहवा, चितवन, बुटवल लगायताका ठाउँहरूबाट चकलेट, मसला, चिया पत्ति, अगरबत्ती, कापी, कलम लगायतका समानहरू जलेको जानकारी दिए । 

त्यस्तै, आगलागीबाट भएको क्षतिको निरीक्षण गर्न तथा व्यवसायी चटौत लाई सान्त्वना दिन पुग्नुभएका कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले आगलागी बाट व्यवसायी चटौतले बेहोर्नु परेको नोक्सान प्रति दुख व्यक्त गर्दै व्यवसाय पुनः सञ्चालन गर्न सक्दो सहयोग गर्ने बताए ।  साथै उनले वर्षौँ को मेहनत पलभरमा खरानी भएको यस्तो दुःखद अवस्थामा सबैलाई सहयोगको अपिल गरेका छन् ।

आगलागी भएको पसलमा दमकल, प्रहरी र स्थानीय बासीको सहयोगमा आगो नियन्त्रण ल्याइएको छ । भने विद्युतसर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । सो बारे जिल्ला प्रहरी कार्यालय कैलाली पनि विस्तृत विवरण सङ्कलन गरिरहेको जनाएको छ ।