आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव , गण्डकी र कर्णालीका एक-दुई स्थानमा हिमपातको सम्भावना

आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव , गण्डकी र कर्णालीका एक-दुई स्थानमा हिमपातको सम्भावना

नेपालमा आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जसकारण हाल वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागकाअनुसार दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।