दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा

दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा

विश्व क्रिकेटका सर्वकालिन महन क्रिकेटरमध्ये एक ब्याट्सम्यान डी भिलियर्सले १७ वर्षे करियर टुङ्ग्याउँदै शुक्रबार सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्।

दक्षिण अफ्रिकी ३७ वर्षीय डी भिलियर्सले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसके पनि टी२० लिग भने खेल्दै आएका थिए। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत उनी सन् २०११ देखि रोयाल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आएका थिए।

उनले १ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय र ७८ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन्।

'यो मेरालागि अविश्वसनीय यात्रा रह्यो, तर मैले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेरा दाजुभाइसँग घर पछाडिदेखि मैले पवित्र क्रिकेटको वातावरण र अन्यन्त उत्साहित उत्साहको माझमा मैले खेलें। तर, अहिले ३७ वर्षको उमेरमा त्यो ऊर्जा बाँकी छैन।'

उनले अगाडि भनेका छन्, 'मलाई थाहा छ मेरो परिवार - मेरा आमाबाबु, मेरा भाइहरू, मेरी श्रीमती र मेरा छोराछोरीहरूले गरेको त्याग बिना केही सम्भव थिएन। म हाम्रो जीवनको अर्को अध्यायको प्रतीक्षामा छु।'