हेरौ राशिफल आजको दिन कुन राशिको कस्तो रहने

हेरौ राशिफल आजको दिन कुन राशिको कस्तो रहने

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।