अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशभर वर्षा र हिमपातको सम्भावना

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशभर वर्षा र हिमपातको सम्भावना

देशभरकै भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना छ । यसका कारण उपत्यका लगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ ।

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।