बेलायत सरकारले सवारी चलाउँदा मोबाइलबाट फोटो तथा भिडिओ खिच्न प्रतिबन्ध लगाउने भएको छ ।यसअघि नै आपतकालीन अवस्थामा बाहेक गाडी चलाउँदा फोन प्रयोग गरेर कल गर्न तथा म्यासेज पठाउन प्रतिबन्ध लगाइएको थियो ।
सन् २०२२ बाट थप कडाइ गर्दै सरकारले सवारीका क्रममा मोबाइल प्रयोग गरेर फोटो तथा भिडियो खिच्न तथा गेम खेल्नत प्रतिबन्ध लगाएको छ । यदि चालकले नियम उल्लंघन गरेमा दुई सय यूरो जरिवाना गरिनेछ ।
पछिल्लो समय सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेसँगै बेलायतले यस्तो नियम लागू गर्ने तयारी गरेको हो । बेलायतका यातायात विभागका सचिवका अनुसार चालकले यात्राको क्रममा मोबाइलमा गेम खेलेको तथा फोटा खिचेको सहजै पहिचान गरिनेछ ।
यसबाट यात्रुका साथै चालकको सुरक्षामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।