कञ्चनपुरमा काँग्रेसको निर्वाचनः ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति चयन

कञ्चनपुरमा काँग्रेसको निर्वाचनः ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति चयन

कञ्चनपुर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छ वटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रवार भएको निर्वाचनमा छ वटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को ९क० मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको छ ।

त्यस्तै, उपसभापतिमा जगदीश राना र प्रेमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित हुनुभएको छ । यसैरी, निर्वाचन क्षेत्र नं १ को (ख)को सभापतिमा चेतनकुमार राई,  उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित हुनुभएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ को (क) को सभापतिमा झङ्कर खड्का(पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मीनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र विश्वेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् । 

निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।