नेपालमा २४२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालमा २४२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालमा कोरोना स‌क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना स‌क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

बितेको २४ घण्टामा २४२ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ४४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।