गला अथवा स्वर बसेमा अपनाउनुहोस् घरेलु उपचार विधि

गला अथवा स्वर बसेमा अपनाउनुहोस् घरेलु उपचार विधि

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ ।

जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर स्वर भङ्ग गरिदिन्छ । यो स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

घरेलु उपचार

१. नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वर भङ्ग हट्छ ।

२. तातोपानी पिउनुपर्दछ ।

३. देशी घिउ र सखर सेवन गर्नाले स्वर भङ्ग ठिक हुन्छ ।

४. घिउ र मह पिउनाले स्वर भङ्ग ठिक हुन्छ ।

५. तातो दूध पिउनाले पनि स्वर भङ्ग ठिक हुन्छ ।

६. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर भङ्ग ठिक हुन्छ ।

७. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर भङ्ग ठिक हुन्छ ।

८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वर भङ्ग ठिक हुन्छ ।

साभार :‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट