गायक सुरेश चोखालको नयाँ देउडा गित 'हरामी साली' सार्वजनिक (भिडियो सहित)

गायक सुरेश चोखालको नयाँ देउडा गित 'हरामी साली' सार्वजनिक (भिडियो सहित)

धनगढी । लोकप्रिय गायक सुरेश चोखालको नयाँ देउडा गित सार्बजिक भएको छ । 'आईजा मेरी जसुलीसंगै बसुली' गितबाटट निकै चर्चामा आएका पछिल्लो समयका चर्चित लोकपप तथा देउडा गायक चोखालको नयाँ गित 'हरामी साली' सार्वजनिक भएको हो ।

यस अघिका गितहरु भन्दा केही फरक तबरले आएको उक्त देउडा गित आज मात्रै गायक सुरेश चोखाल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । निकै मिठो गितका शब्दहरु लेख्ने हर्क विबस खनालको शब्द संगितमा तयार पारेको उक्त गितमा गायक चोखाललाई स्वरमा चर्चित गायिका रेखा जोशीले साथ दिएकी छन्। बिनोद बाजुरेलीले एरेञ्ज गरेको गितको म्युजिक भिडियोको निर्देशन पछिल्लो समयका चर्चित निर्देशक रमेश बिजुली बिसीले गरेका छन् ।

गितको म्युजिक भिडियोमा मोडल शशान्त साहु र झर्ना बोहराले अभिनय गरेका छन् । गितको म्युजिक भिडियो निकै रमणिय स्थलहरुमा छायाँङकन गरिएको छ । कैलालीको गोदावरी नगरपालिकाका स्थायीबासी समेत रहेका गायक चोखालले यस अघि गायका गितहरु अहिले पनि चर्चामा रहेका छन् ।

यस अघि उनले जसुली, जसुली २, ए सरु, झल्का लाइगै साली लगाएतका थुप्रै गितहरु बजारमा ल्याइसकेका छन् । यस गितमा सबैको माया पाएकाले यो फरक किसिमले ल्याएको गितमा पनि राम्रो माया पाउछु भन्ने आशा गरेको उनले प्रतिक्रिया दिए ।