दिनभरि स्वस्थ रहन गर्नुस् यी काम

दिनभरि स्वस्थ रहन गर्नुस् यी काम

बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको सुरुवात हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने त ? आफ्नो दैनिकीमा निरन्तरता दिदै गर्नेनुस् यी काम र रहुनुस् सधै स्वस्थ ।

मुख धुने तरिका

सादा पानीले ८- १० पटक आखामा भित्र पानी पर्ने गरि मुख धुनुस् ।  बिहान उठ्नेबित्तिकै कुल्ला नगरि मनतातो पानी पिउनुस् यसरी खाली पेटमा पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ र फोहरहरू निस्कन्छन् र शरीरको तौल दिनभरि घटाउन अन्तराल राखेर दिभरीमा ८ देखि १० गिलास पानी पिउने गर्नुस् ।

शारीरिक व्यायाम

योग गर्नुअघि हलुका दौडनु उपयुक्त हुन्छ योगले मांसपेशीको राम्रो व्यायाम हुन्छ । तनाव पनि हटाउँछ र राम्रो निद्रा ल्याउँछ । साथै पाचन पनि सही गराउँछ ।

बिहानको खाजा

सबैभन्दा पहिले एक गिलास मनतातो पानीमा एक चिम्टी बेसार,ज्वानोको धुलो, जिराको धुलो अथवा बीरेनुन मध्ये कुनै एउटा चीज राखेर पिउनुहोस् । त्यपछि मात्र पौष्टिक आहारयुक्त ब्रेकफास्ट लिने गर्नुहास् ।