बझाङमा करेन्ट लागेर बालककाे मृत्यु

बझाङमा करेन्ट लागेर बालककाे मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बुङगल नगरपालिका(५ निवासी गणेश कुँवरको १२ वर्षीय छोरा बिरे कुँवरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

खेल्ने क्रममा विद्युतको पोलमा चढ्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।