आजको राशिफल

आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल