प्रदेश– १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली ,बाँकी भूभागमा मौसम सामान्य

प्रदेश– १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली ,बाँकी भूभागमा मौसम सामान्य

आज देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज दिउँसो प्रदेश– १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १ को पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश–१, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश–१, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।