भूपेन्द्र बडुवाल हत्या प्रकरण : थप एकजना इटहरीबाट पक्राउ

भूपेन्द्र बडुवाल हत्या प्रकरण : थप एकजना इटहरीबाट पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही पक्राउ परेका छन् ।

मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए ।

भूपेन्द्रको हत्याको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन । उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार छन् ।

फरार रहेका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्याका योजनाकार भनिएका नविन रावल पनि फरार छन् । केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।