सिरियल ‘अनुपमा’ मा अनुपमाकी आमाको निधन

सिरियल ‘अनुपमा’ मा अनुपमाकी आमाको निधन

 स्टार प्लस टेलिभिजन सिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा निधन भएको हो ।

माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । रुपालीले माधवीको सम्झना गर्दै सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छन् । माधवीले सुरुवाती समयमा अनुपमाको आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो ।

माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहिन् । उनले एकता कपुरको सिरियल ‘कहीँ तो होगा’बाट लोकप्रियता पाएकी थिइन् । यो सिरियलमा उनले सूजलको आमाको भूमिका निर्वाह गरेकी थिइन् । माधवीले ‘कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’लगायतमा पनि अभिनय गरेकी थिइन् ।