कैलालीको लम्कीमा फेरि एक युवक माथि चक्कु प्रहार

कैलालीको लम्कीमा फेरि एक युवक माथि चक्कु प्रहार

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । आइतबार राति चक्कु प्रहारबाट वडा नम्बर १ खुन्टीखेतका स्थानीय दिनेश नेपाली घाइते भएका छन् ।

बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले चक्कु प्रहार गरेको आफन्तले बताएका छन् । घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको आफन्तले जानकारी दिएका छन् । 

चक्कु प्रहार गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।