सशस्त्र प्रहरी बल नेपाल-भारतको संयुक्त टोलीद्धारा सिमा नाकामा हेल्प डेस्क सञ्चालन

सशस्त्र प्रहरी बल नेपाल-भारतको संयुक्त टोलीद्धारा सिमा नाकामा हेल्प डेस्क सञ्चालन

सशस्त्र प्रहरी बल नेपाल  नं. ५३ गुल्म हेडक्वाटर(राजश्व तथा भन्सार गस्ती सुरक्षा)  कार्यालय कैलालीे र भारतिय शसस्त्र सिमा बलको संयुक्त टोलीले कञ्चनपुरको पुर्नवास नगरपालीका ११ डोके बजार सिमा नाकामा हेल्प डेस्क सञ्चालन गरेको छ ।

हिन्दुहरुको महान पर्व शिवरात्रीको  अवसरमा नेपाल तथा भारतमा रहेका हिन्दुहरु धर्मालम्वीहरु आराध्यादेव महादेव श्री पशुपतिनाथ तथा शिव मन्दिरमा आवाज जावत गर्ने भएकाले सिमामा कुनै पनि समस्या नहोन भनेर हेल्प डेस्क सञ्चालन गरेको शसस्त्र प्रहरी नायव उपरिक्षक देब बहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले सिमा नाकामा हुन सक्ने चोरी,लुटपात,ठगी डकैती जस्ता क्रियाकलाप नियन्त्रण गरि दर्शनाथीलाई सजिलो होस भन्ने उद्धेश्यले  हेल्प डेस्क  सञ्चान गरेको धनगढी खबरलाई जानकारी दिनुभयो ।