देशभर चिसो बढ्ने क्रममा,पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

देशभर चिसो बढ्ने क्रममा,पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ ।

महाशाखाले आज (म‌ंगलबार) बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक र दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भूभागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।