मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

धनगढी खबर    

मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु
फाइल तस्विर

धनगढी । मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका ४ राजीपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र०१-००९ प २९०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री धनबहादुर नेपालीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सोमबार करिब ७ः३० बजेको समयमा गौरीगंगा नगरपालिकाका ५५ वर्षीय नेपालीलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



मङ्गलबार ०७, मङि्सर २०७८ १०:३५ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस