नेपाली काँग्रेस बैतडीको जिल्ला अधिवेशनका लागी आज भएको मतदान सम्पन्न

नेपाली काँग्रेस बैतडीको जिल्ला अधिवेशनका लागी आज भएको मतदान सम्पन्न

बैतडी । नेपाली काँग्रेस बैतडीको जिल्ला अधिवेशनका लागी आज भएको मतदान सम्पन्न भएको छ।

जिल्ला कार्यसमिति, पदाधिकारी एवम् महाधिवेशन प्रतिनिधि सदस्यका लागि मगलवार भएको मतदान बैतडीमा सम्पन्न भएको हो । सदरमुकामको शाहिलेक स्थित वीरेन्द्र माध्यमिक विद्यालयको मतदान स्थलमा बिहान १० बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सकिएको छ । निर्वाचन अधिकृत विष्णुदत्त अवस्थाकी अनुसार जिल्ला भरीबाट १४ सय ८ क्षेत्रीय प्रतिनिधि मतदाता रहेकोमा १३ सय ३८ खसेको छ ।

जिल्ला सभापति, उपसभापति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा जिल्ला सभापतिमा चतुर बहादुर चन्द र शिवराज भट्ट सहित ६२ जनाले उम्मेदवारी दिएका छन् । जसमा देउवा पक्षका भट्ट र पौडेल पक्षका चन्द समर्थक नेता, कार्यकर्ताले उम्मेदवारी दिएका हुन । नेपाली काँग्रेसको जिल्ला सभापतिमा चन्द र भट्ट प्यानल बिच बलियो प्रतिस्पर्धा रहेको नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।

शनिवार सम्पन्न क्षेत्रीय अधिवेशनको मत परिणाम हेर्दा भट्ट भन्दा चन्द प्यानल बलियो देखिएको छ ।