बैतडी । नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुर बहादुर चन्द विजयी भएका छन् ।
सभापतिका अर्का प्रत्याशी देउवा पक्षका शिवराज भट्टलाई पराजित गर्दै चन्द सभापतिमा विजयी भएका हुन्।
सभापतिमा विजयी चन्दले ८ सय ९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९मत प्राप्त गरे । चन्दले ३सय २० मतको भारीमतान्तरले भट्टलाई पराजित गरेका हुन् । विजयी चन्द पौडेल निकट मानिन्छन् ।
यसै गरी उपसभापतिमा चन्दसमुहका खगेन्द्रसिंह धामी र देउवा समूहका वीरबहादुर विष्ट तथा सचिवमा पौडेल समूहकै देवराज जोशी र प्रेमबहादुर चन्द पनि चन्दक्षका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमा विष्टले ६ सय ५८ मत प्राप्त गरेकाछन भने,धामीले ६ सय २४ मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा विजयी विष्ट देउवा पक्षकाहुन भने उपसभापतिमै विजयी धामी देउवा समूहका हुन । उपसभापतिमा विजयी विष्ट र धामीले चन्द प्यानलका रमेशदत्त पाण्डे तथा देउवा प्यानलका हरिसिंह धामी पराजित भएका छन् ।
जिल्ला कार्यसमिति,पदाधिकारी एवम् महाधिवेशन प्रतिनिधि सदस्यका लागि मगलवार भएको मतदानपछि मतगणना जारीरहेको मतदानअधिकृत बिस्णु दत्त अवस्थी ले जानकारी दिनु भएको छ ।