कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, लम्की क्षेत्रमा तनाव

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, लम्की क्षेत्रमा तनाव

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको मृत्यु भएपछि अहिले स्थानीयले  ट्रकमाथि तोडफोडको प्रयास गरेका छन् । महिलाको विवरण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको जनाएको छ ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनाव सृजना भएको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।