बालबालिकाहरुलाई अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न नीति निर्माण गर्नु पर्ने माग

बालबालिकाहरुलाई अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न नीति निर्माण गर्नु पर्ने माग

धनगढी । बालबालिकाहरुलाई अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न नीति निर्माण गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । बिहीबार धनगढीमा समाज सेवा र मानव अधिकारमा महिला सशक्तिकरण संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बालबालिकाहरु अनलाइन यौन दुर्व्यवहारमा फसेको भन्दै चिन्ता व्यक्त गरेका हुन ।

पछिल्लो समय महिला, बालबालिका र युवाहरू अनलाइन यौन दुर्व्यवहारमा फस्दै आएका छन् । कोरोना महामारीले गर्दा विद्यालय पूर्ण रूपमा बन्द भएपछि युवायुवती र बालबालिकाहरु झनै अनलाइन यौन दुर्व्यवहारमा परेको सरोकारवालाहरू बताउँछन् । अनलाइन कक्षा पढ्नको लागि बालबालिकाहरुलाई अभिभावकहरूले मोबाइल लगायतका बस्तुहरू खरिद गरेका थिए ।

बालबालिकाहरूले अहिले ती साधनहरूको प्रयोग भन्दा बढी दुरुपयोग गरिरहेका छन् । बालबालिकाहरुलाई कसरी अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षित राख्न सकिन्छ भन्ने सवाललाई लिएर सुदूरपश्चिम र प्रदेश नम्बर ३ मा काम गरिरहेको समाज सेवा र मानव अधिकारमा महिला सशक्तिकरण संस्था की अध्यक्ष भावना ऐर नेवाङ्गले जानकारी दिइन् ।

कोभिड–१९ पछि यो असर बालबालिकामा बढी परेको र पर्न सक्ने हुँदा सबैले सचेत रहनु पर्ने उनले बताइन् । प्रदेश सरकारले नीतिगत रूपमै लागु गर्नु पर्ने कुरामा उनले जोड दिइन् । पछिल्लो समय बालबालिकाहरु मोबाइलमै समय व्यतीत गर्दै आएको कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवन बहादुर थापाले बताए ।

मोबाइल हातमा नभएर बालबालिकाहरु खाना समेत नखाने गरेको उनको भनाई छ । अनलाइन माध्यम प्रयोग गर्दा केही राम्रा पक्ष भए पनि कतिपयले अनलाइनको दुरुपयोग गरिरहेको उनले बताए । बालबालिकाहरु सामाजिक सञ्जाल समेत प्रयोग गर्ने भएका कारण त्यहाँ अनेक समाग्रीहरु हेर्ने र शेयर समेत गर्ने गरेका छन् । साथै गुगल वा अन्य माध्यमबाट अश्लील भिडिओहरु हेर्ने र साथीहरूलाई पठाउने लगायतका कामहरूमा समेत बालबालिकाहरु सक्रिय देखिएका छन् ।

नेट इन्टर नेटले धेरै कुरा सिकाए पनि सही तरिकाले प्रयोग गर्न नसक्दा विकृति बढेको प्रदेश सरकारकी सामाजिक विकास राज्य मन्त्री मना कुमारी साउँदले बताइन् । बालिका बलात्कार, बेचबिखन, बाल विवाह र हिंसाका घटना बढ्नुको मुख्य कारण अनलाइन समेत भएको उनले बताइन् । 

इन्टरनेटका कारण बालबालिका बढी अनलाइन खेलकुदमै बढी समय खर्च गरिरहेका छन् । जस कारण पढाइमा समेत उनीहरुको ध्यान जान नसकेको अवस्था छ । सबै शक्तिको परिचालन भए पनि सुदूरपश्चिमका घटनाहरु नियन्त्रण गर्न नसकेको समेत राज्य मन्त्री साउँदको भनाई छ ।

कोरोना संक्रमणको अवधिमा बालबालिकाहरु विद्यालय जान नपाउँदा अनलाइन मै व्यस्त भएका थिए । जस कारण अहिले उनीहरूमा अनलाइनको लत बसिसकेको छ । लागुऔषध सेवन कर्तालाई समात्ने हो भने जेलमा राख्ने समेत ठाउँ नपुग्ने अवस्था छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काका अनुसार प्रदेश सरकारले बालबालिका सम्बन्धी ऐन समेत निर्माण गरेको छ ।

बालबालिकाहरु लाई अनलाइन यौन दुब्र्यबहारबाट सुरक्षित राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बालबालिकाहरुलाई अनलाइन यौन दुब्र्यबहारबाट सुरक्षित राख्न तीन वटै सरकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ । सबैले साझा कार्यक्रम बनाउन जरुरी छ, उनले भने । 

अनलाइनले गर्दा बालबालिकाहरूमा नराम्रो प्रभाव परेको आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ्ले बताए । अनलाइनबाट हुने विभिन्न किसिमका दुब्र्यबहारलाई कम गर्न एप्सहरु निर्माण गर्न आवश्यक छ । अभिभावक पनि यस सवालमा सचेत हुनु पर्ने उनले बताए । 

यो समस्यालाई समाधान गर्न विभिन्न कार्यक्रम बनाएर कार्यान्वयन गर्न प्रदेश प्रमुख देवराज जोशीले अनुरोध गरेका छन् । समयमै यो सवालमा आवश्यक कानुन र कार्यक्रम बनाएर तीन वटै सरकारले कार्यान्वयन गर्न उनले निर्देशन दिए । अहिले नै यो समस्या समाधान गर्न ध्यान कसैले दिएन भने भया भव हुन सक्ने अवस्था छ ।