प्रधानमन्त्री देउवा कानून व्यवसायीसँग छलफल गर्दै

प्रधानमन्त्री देउवा कानून व्यवसायीसँग छलफल गर्दै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् ।

नेपाल बार एसोसिएसनले आन्दोलन गरेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् । छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले  कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए ।

यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको छ ।