लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन हुँदै

लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन हुँदै

केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिमका तीन भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भौतिक उपस्थितिमा जनगणना गर्न नसकिएको बताएको छ । प्रत्यक्ष उपस्थित भएर जनगणना गर्न भारतीय अवरोधपछि अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन भइरहेको विभागले बताएको हो । 

विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले भने, ‘भौतिक उपस्थितिमा जनगणना गर्न सकिएन, अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन गरिरहेका छौँ, संकलन भएपछि रिपोर्ट निकाल्छौँ।’

उनका अनुसार जारी जनगणना सम्पन्न भएको छ। विभागको अनुमानमा नेपालको ताजा जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म हुनेछ। आगामी तीन महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने विभागले बताएको छ।

छुटफुटको फोन गरेको आधारमा र यसअघि घर सूचीकृत भइसकेकाको ४/५ दिन संकलन गरिने पनि विभागको भनाइ छ।