एमाले १० औँ महाधिवेशन : उद्घाटन समारोह सुरु

एमाले १० औँ महाधिवेशन : उद्घाटन समारोह सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटन अघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्याली निस्किएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नुहुनेछ ।

यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने टुङ्गो लागेको छ ।महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।