तीन दिनसम्म बादल र तुवाँलो लाग्ने, वर्षाको सम्भावना न्यून

तीन दिनसम्म बादल र तुवाँलो लाग्ने, वर्षाको सम्भावना न्यून

बंगालादेशमा रहेको न्यूनचापीय प्रणालीका कारण तीन दिनको नेपालको मौसम स्थिर रहने भएको छ । आज शुक्रबारको जस्तै मौसम तीनदिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आकासको माथिल्लो लेयरमा इन्भर्सन भएकाले आकासमा बादल भरिएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले तीन दिनसम्म आकासमा बादल र धुम्म तुवाँलो लागिरहने जानकारी दिइन् ।

‘‘अहिले बंगालादेशमा न्यूनचापीय प्रणाली छ । त्यसैले नेपालको पूरै आकासमा बादल लाग्ने सम्भावना रहेको छ । वर्षा हुने सम्भावना कम छ । उच्च हिमाली, उच्च पहाडि क्षेत्रमा हल्ला हिमपात हुने सम्भावना रहेको छ । तीन दिनको मौसम पूर्वानुमान केही फरक देखिएको छैन,” मौसमविद् मानन्धरले भनिन् ।

महाशाखाको तीन दिनको मौसम पूर्वानुमान अनुसार वर्षा हुने नदेखिए पनि आकासको बादल र तुवानो भने नहट्ने जनाइएको छ ।