जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा नेकपा (एस) को वडा कमिटी गठन

जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा नेकपा (एस) को वडा कमिटी गठन

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । शुक्रवार नेकपा (एकीकृत समाजवादी) का बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंहको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सचिव लक्ष्मी प्रसाद जोशी र उपाध्यक्ष कलक धामी विशिष्टको अतिथ्यतामा सम्पन्न वडा अधिवेशनले सुन्दर शाहीको अध्यक्षतामा ४२ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रामु ओखेडा र लक्ष्मी दमाई चयन भएका छन् । यस्तै सचिवमा सुशील बुढा र सह-सचिवमा विजय जोशी र अमृता पाल चयन भएका छन् । कार्यक्रम मा पार्टी नेता तथा कार्यकर्ता हरू को बाक्लो उपस्थिती रहेको थियो । त्यस्तै बिहीबार जयपृथ्वी नगरपालिका को वडा न १/२ मा पनि वडा कमिटी गठन गरिएको थियो ।

यस अघि केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस) ले बझाङमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशीले जानकारी दिए ।