सुदूरपश्चिममा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६३९ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आरटी पीसीआरमार्फत चार र एन्टिजेन विधिमार्फत एक जनामा पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा पुष्टि भएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ।