काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलको उम्मेदवारी घोषणा

काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलको उम्मेदवारी घोषणा

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन । यहि मंसिर १६ गतेदेखि हुने प्रदेश अधिवेशनमा प्रदेशको पार्टी सभापतिको पदमा लड्ने भन्दै उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

पार्टीको १२ औ महाधिवेशनमा केन्द्रिय सदस्य पदका उम्मेदवारीमा पराजित उनले अहिले पार्टीलाई थप बलियो, सुढृदीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताए । ‘मैलै पार्टीका शिर्ष नेता, सभापतिका आकाक्षी, महाधिवेशन प्रतिनिधीमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसारनै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हु“’ उनले भने ‘प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुला ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पात्रका रुपमा रहेका उनी अहिले प्रदेश सभापति सर्वसम्मत रुपमा आफुलाई बनाउन आग्रह गरे । उनको घोषणा कार्यक्रममा पूर्वमन्त्री मोहनसिंह राठोर, नेता भक्तबहादुर थापा, रंग सुनार, विष्णु ढकाल लगायतको सहभागिता रहेको थियो । प्रदेशमा सभापतिका लागि कैलाली सभापति नरनारायण शाह मनु र बझाङबाट अर्जुनजंग सिंह आकांक्षी रहेका छन ।